संसद बैठक रोक्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद बैठक स्थगित गर्न प्रस्ताव पेश गरेको छ । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको बैठक नराख्न प्रस्ताव गरेका हुन् । अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्नका निम्ति आजको सबै कार्यक्रम स्थगित गर्न माग गरिएको शाहीले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा मुलुकको हितविपरीत …