बाजुरा

ग्याङहरुले युवालाई इमोशनल ब्ल्याकमेलिङ गर्न थाले

तत्कालीन एमालेको गाउँ कमिटीबाट शुरु गरेको राजनीतिक यात्रालाई नरेश शाहीले अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीसम्म ल्याइपुर्‍याएका छन् । उनी उक्त पार्टीसम्बद्ध युवा संघका अध्यक्ष पनि हुन् । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बाजुराबाट गठबन्धनबिनै उम्मेदवारी दिए र जिते पनि । अर्थात्, आफू जिल्लाको लोकप्रिय युवा नेता भन्ने प्रमाणित गरिदिए । राजनीतिशास्त्रमा स्नातकोत्तर नरेश लामो समयदेखि माधव नेपालपक्षीय हुनुका कारणले युवा संघको राजनीतिमा पछाडि पर्दै आए । ०६९ स…