प्रचण्ड गाडीबाट हामफालेर भागेपछि सरकार छोड्नुपरेको राप्रपाको गुनासो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले गरेको विश्वासको बदलामा धोका पाएको गुनासो गरेको छ ।
प्रतिनिधि सभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले यस्तो गुनासो गरेका हुन् । त्यसक्रममा उनले प्रधानमन्त्री प्रचण्डले सहयात्री दलहरुलाई झुक्याएर बाटो मोडेको आरोप लगाए । त्यसकारण लाचार भएर बसिरहन उपयुक्त नलागेकाले सरकार छोडेको अध्यक्ष लिङ्गदेनले बताए ।
प्रधानमन्त्री प्रचण्डलाई न…