ओली

ओलीको आक्रोश र उत्तरको आश

उतिबेला उत्तरले दिएको अर्ति लागेन, यतिबेला समय घर्कियो । यससँगै थुप्रै सुखद् सम्भावनाहरू विघटित भए । देशको मुहार फेर्ने अवसर थियो, तत्काललाई त्यो स्थिति टरे पनि प्रयास भने जारी छ । मामिला हो, चीन र नेपालका कम्युनिष्ट घटकबीचको । मुख्यतः तत्कालीन एमाले र माओवादी केन्द्रबीच अभूतपूर्व एकताको सूत्रधारमात्रै होइन, त्यो एकतालाई दिगो र फलदायी बनाउने अन्तिमसम्मको प्रयास केपी ओलीको हठका कारण असफल भयो । तत्कालीन चिनियाँ राजदूत हौ यान्छीले नेकपाको एकता जोगाउने, नेपालको विकास र सम…