भक्तपुर क्याम्पस प्रमुखको कुर्सी रुखमा

कनिष्ठ प्राध्यापकलाई प्रमुख बनाइएको विरोधमा भक्तपुर बहुमुखी क्याम्पसमा तालबन्दी गरिएको छ । नेविसंघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले गरेको कनिष्ठलाई प्राध्यापक नियुक्तिको विरोधमा तालाबन्दी र कुर्सीलाई रुखमा झुण्ड्याइएको संघको भनाई छ ।
विश्वविद्यालयले कविता लुइँटेललाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको छ । क्याम्पसका केही प्राध्यापकहरुसमेत आफूभन्दा कनिष्ठलाई प्रमुख बनाइएकोमा विरोधमा देखिएका छन् ।
टिप्पणीहरू