मार्क जुकरबर्गले गरे ११ हजार कर्मचारी कटौतीको घोषणा

फेसबुक सञ्चालन गर्ने मेता कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले १० हजारबढी कर्मचारी कटौतीको सन्देश दिएका छन् । गत नोभेम्बरपछि मेता कम्पनीले कर्मचारी कटौती गर्न लागेको यो दोस्रो पटक हो ।
जुकरबर्गले सन् २०२३ लाई ‘सक्षम वर्ष’ को घोषणा गर्दैै दिएको उक्त सन्देश फेसबुकलगायत विभिन्न इकाइमा काम गर्ने कर्मचारीमा लागु हुने बताइएको छ । मेता कम्पनीले १३ प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो ।
कर्मचारी कटौती गर्नुपरेको कारण कोभिड महामारीलगायत विविध कारणले रहेको बताइएको छ ।
टिप्पणीहरू