गण्डकी

हृदय विदारक दृश्यले मुख्यमन्त्री स्तब्ध

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको जहाज दुर्घटनापछि आफू स्तब्ध भएको बताएका छन् । दुर्घटनालगत्तै घटनास्थलमा पुगेका उनले त्यहाँको दृश्यले आफू स्तब्ध बनेको बताएका हुन् । दुर्घटनापछि खोज तथा उद्धारको अवस्था बुझ्न घटनास्थलमा पुग्दा त्यहाँको हृदय विदारक परिदृश्यले आफूलाई अत्यन्तै गम्भीर र स्तब्ध बनाएको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘म स्वयम् घटनास्थल पुगी दुर्घटनास्थल, खोज तथा उद्धारको अवलोकन गर्दाको हृदयविदारक परिदृष्…