चैते खडेरीमा पूर्व डेपुटी गभर्नरले पानी दर्काउँदै
नेपाल राष्ट्र बैंकका वर्तमान सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पानी दर्केर’ नयाँ म्युजिक भिडियो हिजोदेखि बजारमा आएको हो ।
ग्रामीण समाजको यथार्थमा आधारित म्युजिक भिडियोमा साहुको ऋण तिर्न विदेशिएका नेपाली र उनका परिवारलाई साहुले दिएको दबाब चित्रित गरिएको छ । भिडियोमा रोजगारीका लागि विदेश उडेका नेपाली ग्रामीण घरपरिवारको पीडा समेटिएको छ ।
मुलुकमा बढेको बेरोजगारीको कहालीलाग्दो अवस्थालाई पनि उन…